४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


शेयर बजारमा भारी गिरावट


182
Shares

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा भारी गिरावट भएको छ ।

उतार चढावकाबीच बजार परिसूचक नेप्से ५८.९९ अंकले घटेर २६ सय ६१ अंकमा बन्द भएको छ ।

बिहीबार कारोबार भएका सबै समूहका परिसूचक राताम्मे देखिएका छन् । सबैभन्दा धेरै वित्त समूहको परिसूचकमा ३ अंकले घट्दा विकास बैंक, लघुवित्त र जीवन बिमा समुह समान २ अंकले ओरालो लाग्दा वाणिज्य बैंक समुहमा १ अंकको गिरावट आएको छ ।

कारोबार रकमको आधारमा यसदिन सबैभन्दा धेरै नेश्नल हाइड्रोपावर कम्पनी लिमिटेडको २६ करोड ९७ लाख माथिको कारोबार भएको हुँदा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड दोस्रो र तेस्रो स्थानमा जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको कारोबार भएको छ ।

बिहीबारको कारोबारमा कमाउने उत्कृष्ट कम्पनीहरुमा हिमालयन जनरल इन्स्योरेन्स, सनराइज फस्र्ट म्युचल फण्ड रहेका छन् भने सबैभन्दा धेरै गुमाउने कम्पनीमा युनिभर्सल पावर कम्पनी, ङ्यादि हाइड्रोपावर लिमिटेड रहेका छन् ।

बिहीबार २ सय २९ कम्पनीको ८४ लाख ९० हजार कित्ता शेयरको ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १ सय ९१ रुपैयाँ बराबरमा कारोबार भएको नेप्सेले जनाएको छ ।