१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पथलैया-वीरगञ्ज करिडोरमा जगदम्बा स्टिलको वृक्षारोपण अभियान


91
Shares

बारा । पथलैया-वीरगञ्ज औद्योगिक करिडोरको ६ लेन सडक हरियाली बनाउन जगदम्बा स्टिलले बिहीबारदेखि वृक्षारोपण अभियान सञ्चालन गरेको छ ।

पथलैयादेखि सिमरासम्मको ४ किलोमीटर ६ लेन सडकको मध्य भागमा वृक्षारोपण सुरु गरीएको जगदम्बा स्टिलले जनाएको छ ।

जलवायु वातावरणको असरले शहरी क्षेत्रको वातावरण प्रभावित भएको भन्दै वातावरण स्वच्छ र हराभरा बनाउन वृक्षारोपण गरीएको जनाइएको छ ।

करिडोर सडकमा १ करोड रुपैयाँको लागतमा वृक्षारोपण गरीने बताइएको छ । करिडोरको ६ लेन सडकको मिडलमा प्लान्टेसनको कार्यक्रम नभए पछि विभागसँग अनुमति लिएर जगदम्बाले वृक्षारोपण गरेको हो ।

प्रतिगोटा १३ हजार रुपैयाँ पर्ने बिरुवाको नियमित संरक्षण गर्न उद्योग प्रशासनले ६ जना कर्मचारी खटाएको कम्पनीका डाइरेक्टर आयुष गुप्ताले जानकारी दिनुभयो ।