१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त


312
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।

बिहीबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गर्नुभयो ।

उहाँलाई नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो । मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सद्भावना दूत घोषणा गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुसीको क्षण भएको बताउनुभयो । उहाँले आरोही पुर्जाको साहसको सम्मान गर्दै आगामी दिनमा आफ्नै रेकर्डलाई ब्रेक गर्नेगरी अगाडी बढ्न शुभकामना दिनुभयो ।

कार्यक्रममा हिमाल आरोही पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफ्नो जिम्मेवारी थपिएको महशुस गरेको भन्दै आगामी दिनमा देशलाई विश्माझ चिनाउनका आफुले योगदान गर्न चाहेको उल्लेख गर्नुभयो ।

पुर्जाले सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालहरु आरोहण गरी विश्व किर्तिमान कायम राख्नुभएको छ । उहाँले बनाउनुभएको १४ पिक्स नथिङ इज इम्पोसिबल बृत्तचित्रले विश्वभर चर्चा कमाएको छ ।