१९ फाल्गुन २०८१, सोमबार | Tue Mar 4 2025


निर्वाचनमा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाखको बीमा गरिने


195
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी बजेट माग गरेको छ ।

आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले सो कुराको जानकारी दिनुभएको हो ।

आयोगले निर्वाचनमा खटिने अनुमानित १ लाख १० हजार ७ सय १३ जना जनशक्तिको प्रतिव्यक्त २० लाख रुपैयाँ बराबरको बीमा गर्नका लागि फागुन ११ गते सूचना प्रकाशन गरी बीमा कम्पनीहरुसँग प्रस्ताव माग गरेको छ । त्यस्तै मतदानमा संलग्न हुनेहरुका लागि मास्क, सेनिटाइजर र प्राथमिक स्वास्थ्य सामग्री खरिदका लागि पनि बोलपत्र आह्वान गरिएको सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

आयोगका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलको संख्या २९ पुगेको छ । पछिल्लो पटक १९ वटा राजनीतिक दलहरु दर्ता भएको आयोगले जनाएको छ ।