१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुकुममा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु


52
Shares

काठमाडौं । रुकुम पूर्वको भूमे गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकाका करिब २५ वर्षका गोविन्द बुढा र भूमे गाउँपालिका २५ वर्षका दामु बुढाको मृत्यु भएको हो ।

उनिहरुको उपचारको क्रममा मृत्यु भएको हो । यस्तै दुर्घटनामा अन्य दुई जना घाइते छन् । घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इन्जिनीयर ३५ वर्षीयका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिकाका २३ वर्षीय रामआशिस चौधरी रहेका छन् ।

उनिहरुको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भैरहेको छ । उनिहरु मध्ये घिमिरेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । धाउने–बालुवा–देउखोला सडकखण्डमा काम गरिरहेको बेला ढुंगा झार्ने क्रममा टिपर अनियन्त्रित भएर पल्टिंदा काम गरिरहेका मजदुहरुलाई थिचेको प्रहरीले जनाएको छ । ढुंगा झार्ने क्रममा पल्टिदा टिपर अन्दाजी १०/१५ मिटर तल खसेको थियो ।