१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलामको ऐतिहासिक गोर्खे बजार अहिले सुनसान


156
Shares

इलाम । वि.स.२०४६ सालअघि इलाम जिल्लाकै सबैभन्दा पुरानो तर,नागरिकको प्रमुख व्यापारिक केन्द्रकाे रुपमा चिनिएको गोर्खे बजार अहिले सुनसान भएकाे छ ।

नेपाल भारत सीमा नाका मानेभञ्ज्याङ्ग भएर गोर्खे बजारमा आयात निर्यातको काम भएपनि वि.स २०४६ सालको राजनीतिक परिवर्तनसँगै गोर्खे बजार सुनसान भएको छ । पशुपतिनगर क्षेत्रमा भन्सार कार्यालय स्थापना गरेसँगै गोर्खे बजारको चहलपहल सुनसान भएको हो ।

राणाकाल अघिदेखि नै अस्तित्वमा रहेको सो बजार जिल्लाभर मात्र होइन, बाहिरी जिल्लाका बासिन्दाका लागि पनि जडिबुटीलगायत नगदेबाली बिक्री गर्ने नून,चामल किन्ने केन्द्र थियो । वि.स.२०४६ सालको राजनीतिक परिवर्तन अघि गोर्खे बजार प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेकोथियो ।

मझौला खालका उद्योग कलकारखाना समेत रहेको गोर्खे बजार क्षेत्र भएर गोर्खा फौज टिस्टासम्म यात्रा गर्दा बास बसेकाले गोर्खे बजार रहेको हो । मेची राजमार्ग निर्माणपछि फिक्कलबाट पशुपतिनगर सडक कालोपत्रे भएपछि गोर्खे बजारको महत्व घटेको हो ।

ऐतिहासिक र पर्यटकीय महत्वको सो बजारलाई पुनर्जीवन दिनुपर्ने स्थानीयवासीले माग गर्दैआएका छन्। सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारबाट करिब ११ किलोमिटर उत्तरमा रहेको सो बजार सुनसान बन्नुमा प्रमुख कारण सडक सञ्जाल नै थियो ।

फिक्कलबाट गोर्खे बजार जोड्ने सडक स्तरोउन्नती र कालोपत्रेका लागि सूर्योदय नगरपालिकाले पहल गरिरहेको छ ।