
काठमाडौं । आइएमई पे ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना सामान खरिद गर्दा १०प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ ।
आम उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबै जसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको आइएमइ पे ले जनाएको छ ।
स्टोरहरुमा विभिन्न ‘क्युआर’ प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आइएमई पेले ‘स्क्यान एनी क्युआर’ अभियान मार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्यूआर स्कान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुबिधा ल्याएको हो ।
यो अभियान अन्तर्गत प्रयोगकर्ताले केवल आइएमई पे मोबाईल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै क्युआर स्कान गरी भुक्तानी गर्न मिल्नेछ ।
प्रयोगकर्ताहरुले यो अफर एकपल्ट मात्र प्रयोग गर्न पाउनु पाउनेछन् । छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनि सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्