
काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुनेभएको छ ।
तर यथास्थितिमा भने एमसीसी सम्झौताको पक्षमा पार्टी नभएपनि सैद्धान्तिक छलफलमा भने सहभागी हुने नेकपा (एस) का नेता प्रेमलकुमार खनालले ईमेजखबरलाई बताउनुभएको हो ।
नेकपा (एस)ले एमसीसीका विषयमाथि हुने सैद्धान्तिक छलफलमा भाग लिने उहाँले बताउनुभएको छ । तर,एमसीसी यथास्थितिमा भने पारित गर्न नहुने पक्षमा पार्टी रहेको उहाँको तर्कछ ।
साथै नेकपा एसले संसदमा भने एमसीसीको विपक्षमा मत हाल्ने निर्णय भइसकेको पनि नेकपा नेता प्रेमलकुमार खनालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्