
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले कोरोनाका कारण निधन भएका ५३ जनाको परिवारलाई राहत रकम उपलब्ध गराएको छ ।
गल्याङ नगरपालिका, नगर कार्यपालिका बैठकको निर्णय अनुसार राहत रकम उपलब्ध गराइएको नगरप्रमुख भुपराज अधिकारीले बताउनुभयो । अधिकारीले निधन भएका परिवारका सदस्यलाई नगरपालिकाले रोजागारीका लागि उच्च प्राथमिकता दिएको पनि जानकारी दिनुभयो ।
गल्याङ नगरपालिका सामाजिक शाखा प्रमुख ढालबहादुर केसीले २०७८ असार २३ गतेदेखि पुस ४ सम्म कोरोनाबाट निधन भएका ५३ जनाका परिवारलाई २५ हजारका दरले राहत रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।
केसीले अस्पतालको रिपोर्ट तथा वडा कार्यालयको सिफारिसका आधारमा रकम उपलब्ध गराइएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्