२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मुलुकमा शान्ति कायम हुन्छ भन्नु कांग्रेसको दिवा सपना मात्र हो : झलनाथ खनाल


182
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिनुभयो ।

शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा खनालले नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरेपछि मुलुकमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु कांग्रेसको दिवा सपना मात्र भएको जिकिर गर्नुभयो ।

खनालले एमसीसीका कारण अहिले समाज, राष्ट्र, राजनीतिक पार्टी र संसद विभाजित बनिरहेको उल्लेख गर्दै यस्तो बेलामा नेपाल एकतावद्ध हुनुपर्ने बताउनुभयो । उहाँले एमसीसीको बारेमा अझै देशभित्र राष्ट्रिय सहमति खोजेर बाँकी सम्भावनाहरुलाई उजागर गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।