
काठमाडौं । सत्तासीन प्रमुख दल नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले एमसीसी संसदबाट पास भएपछि सरकार रहने/नरहने कुरामा आशंका व्यक्त गर्नुभयो ।
शुक्रबार संसद भवन बाहिर बोल्दै कोइरालाले एमसीसी संसदबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताउनुभयो ।
उहाँले एमसीसी नेपालको हितमा भएकोले नेपालले पास गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवा गठबन्धन जोगाउन र एमसीसी पास गर्न अन्तिमसम्म लागि परिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्