
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै अंक बाडेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा थ्री स्टारले ब्रिगेडसँग १–१ गोलको बराबरी खेलेको हो । ब्रिगेडले बनाएको सुरुवाती अग्रता उल्टाएर थ्री स्टारले बराबरी गर्यो ।
खेलको इन्जुरी समयमा डोना थापाले गोल गरेपछि थ्री स्टार हारबाट जोगिएको हो । त्यसअघि प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए ।
बराबरीसँगै थ्री स्टारले १३ खेलमा १९ अंक जोडेको छ । ब्रिगेड १३ खेलमा ८ अंक जोडेर १३ औं स्थानमा रहेको छ । ब्रिगेड यस सिजन रेलिगेसनमा परिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्