
पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी सत्ता गठबन्धन दललाई गलपासो भएको बताउनु भएको छ ।
गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई पोखरामा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तामै बसेर माओवादी केन्द्रले दोहोरो चरित्र देखाएको आरोप लगाउनुभयो ।
नेता ओलीले माओवादी र नेकपा एसलाई लक्षित गदै भन्नुभयो – सरकारमा बसेकाहरुको तमासा पनि हदको हुन्छ नि, सरकारमा पनि बस्ने, कार्यकर्ता पठाएर सडक भत्काउने, प्रहरी देख्नै नहुने ढुङ्गा हान्न लगाउँने कस्तो लोकतन्त्र हो भनि टिप्पणी गर्नुभयो ।
एमाले अध्यक्ष ओलीले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको बताउनुभयो । उहाँले एक सय ६५ भोट सरकारसँग छ ,एमसीसी पास गर्न कस्ले रोकेको छ भनि प्रतिप्रश्न गर्नु भयो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता ओलीले एमसीसीको बारेमा हामीले चिन्ता लिनुपर्दैन, एमाले देश र जनताको हितभन्दा बाहिर गएर कहिलै निर्णय गदंैन, कसैका धाक धम्कीकापछि पनि लाग्दैन, देशको हितका पक्षमा के छ भन्ने कुरा छुट्याउन र बुझ्न एमाले सक्षम रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले गठबन्धन कुनै अवस्थामा पनि नटुट्ने दाबी गर्नुभयो । एमसीसी पास गरेरै भएपनि गठबन्धन जोगाउने तयारीमा पाँच दल लागेको भन्दै ओलीले गठबन्धन कायम रहेपनि स्थानीय चुनावमा सात दिन उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिनुभयो ।
कार्यक्रमा विभिन्न दलबाट एमालेमा प्रवेश गर्ने दर्जनौ कार्यकतालाई अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्