१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओली भेट्न प्रधानमन्त्री देउवा बालकोटमा, एमसीसी र गठबन्धनबारे निर्णायक वार्ता हुने


533
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुग्नुभएको छ ।

देउवा र ओलीबीच अहिले भेटवार्ता जारी छ । भेटमा एमसीसीको विषय र नयाँ सत्ता समीकरणबारे निर्णायक वार्ता हुने बुझिएको छ ।

देउवाअघि वार्ताको वातावरण मिलाउन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालकोट पुग्नुभएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

यसअघि शुक्रबार दिनभर प्रधानमन्त्रीले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गर्नुभएको थियो ।