
काठमाडौं । नेपाली पात्रोको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार देवकोटा नियुक्त हुनुभएको छ ।
नेपालको पहिलो मोबाइल एप नेपाली पात्रोको कार्यकारी अधिकृतमा सन्तोष कुमार देवकोटा नियुक्त हुनुभएको हो ।
देवकोटा वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’बाट सञ्चार जगतमा प्रवेश गर्नुभएको हो । रेडियो वीरगञ्ज ९९ मेगाहर्जमा विद्युतीय सञ्चारको लामो अनुभव रहेको छ ।
रेडियोको अग्रणी संस्था ‘इक्वल एक्सेस नेपाल’मा रेडियो नेटवर्क व्यवस्थापन तथा रेडियो कभरेज नक्शांकन विज्ञको रुपमा देवकोटा पछिल्लो एक दशकदेखि डिजिटल मेडिया तथा कम्यूनिटि प्लाटफर्म विज्ञको रुपमा काम गर्दै आउनुभएको छ । देवकोटाले यही फेब्रुअरी १३ तारिख २०२२ ‘विश्व रेडियो दिवस’का दिन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्