१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ई-सेवा ट्राभलको ब्रान्ड एम्बेसडरमा क्याप्टेन विजय लामा नियुक्त


117
Shares

काठमाडौं । ई -सेवा ट्राभल एण्ड टुर्सले क्याप्टेन विजय लामालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

ई-सेवाले शुक्रबार एक कार्यक्रमकाबीच अन्तर्राष्ट्रिय टिकेटिङ एप्सको सुरूवातसँगै ब्रान्ड एम्बेसडर समेत नियुक्ति गरेको छ । यसअधि नै इ–सेवा एपमार्फत आन्तरिक उडानमा हवाई टिकट काट्न सकिने व्यवस्था रहेकोमा अब अन्तर्राष्ट्रिय उडानका टिकट काट्न सकिने भएको छ ।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले ५–६ महिनाको तयारी पछि अन्र्तराष्ट्रिय हवाई टिकट योजना सहज सफल भएको बताउनुभयो । उहाँले एयरलाइन्स कम्पनी र ट्राभल कम्पनीलाई नै सहज बनाउनको लागि यो सेवा सुचारू गरिएको जानकारी दिनुभयो । सापकोटाले ई–सेवाबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्ससँगै अन्य नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलान्सको टिकट खरिद गर्ने सकिने बताउनुभयो । उहाँले सर्वसाधारणलाई सहज टिकटको व्यवस्था गर्न सेवा सुचारु गरिएको उल्लेख गर्नुभयो ।

त्यस्तै ई–सेवा ट्राभल एण्ड टुर्सका ब्रान्ड एम्बेसडर विजय लामाले ग्राहकलाई सहज गराउन आफूले इ–सेवामार्फत सहयोग गर्ने बताउनुभयो । उहाँले कागजको टिकेटको सट्टा प्रविधिको प्रयोग बढ्दै गएको बताउनुभयो ।

उहाँले ३५ वर्ष देखि हवाई क्षेत्रमा काम गरेकाले इसेवा मार्फत हवाई क्षेत्रको प्रचार गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।