
पोखरा, फागुन १८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्चको फैसलाबमोजिम फेवातालको अधिकतम् क्षेत्रफल जोगिने गरी काम गर्न आग्रह गरेका छन् ।
उच्च अदालत बार एशोसिएसन पोखराले आइतबार गरेको कार्यक्रममा बोल्दै उनले फेवातालभित्र कुनै व्यक्तिको जग्गा परेको भए पनि अधिग्रहण गरी पहिलेकै अवस्थामा ल्याउन आफूले मुख्यसचिवलाई सल्लाह दिएको बताए ।
प्रधानन्यायाधीश राणाले ताल बचाउन केही समय पहिला सर्वोच्चले गरेको फैसला कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको समेत बताए ।
प्रधानन्यायाधीश राणाले कुनै पनि न्यायाधीशले बद्नियत, ढिलासुस्ती र अनियमिता गरेको पाइए छुट नदिइने स्पष्ट पारे ।
न्यायाधीशले गलत फैसला गरे, फैसला न्यायाधीशकै घाँटीमा झुण्डिने भएकाले सचेत भएरै फैसला गर्नु पर्ने उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्