
काठमाडौं । अमेरिकाको लस एन्जलसका बस्ने ट्रान्सजेन्डर पुरुष बेनेट कास्पर विलियम्सले एक बच्चालाई जन्म दिएका छन् ।
बेनेट भन्छन्,‘हामिले मातृत्वको सर्तमा नारीत्वलाई परिभाषित गर्न बन्द गर्नुपर्छ । महिलाले मात्रै बच्चा जन्माउन सक्छन् भन्नु गलत उपमा हो’। बेनेट गर्ववती हुँदा नर्सले उनलाई आमा भनेर बोलाउँदा मन नपरेको बताएका छन् ।
बेनेटले एक अन्तर्वार्तामा आफू आमा बनेको कुरा सेयर गरेका छन् । बच्चा जन्माउने प्रत्येक आमा नहुने उनको तर्क छ । ३७ वर्षका बेनेट पुरुष भएतापनि नर्सले उनलाई आमा भनेर बोलाउन जिद्दी गरेकी थिइन् । तर नर्सको सो भनाई उनलाई मन परेको थिएन् ।
जब बेनेट २० वर्षका भए र उनमा परिवर्तनको प्रक्रिया विस्तारै सुरुभयो । त्यसपछि उनलाई थाहा भयो कि आफू ट्रान्सजेन्डर भएको, यसैबिच सन् २०१७ मा उनको भेट मलिकसँग भयो । बेनेटले मलिकसँग सन् २०१९ मा विवाह गरेका थिए ।
त्यसपछि दुवैले बच्चा जन्माउने निर्णय गरेका हुन् । बच्चा जन्माउनका लागि उनीहरुले विकल्पहरु खोजेका थिए । जसका लागि बेनेटले टेस्टोस्टेरोन हर्मोन थेरापी बन्द गर्नुपरेको थियो । जुन उनले विगत केही वर्षदेखि आफ्नो अण्डाशाय गर्न सक्षम बनाउनको लागि गरिरहेका थिए ।
सन् २०१५ मा बेनेटले एक शल्यक्रिया गरेर स्तन बाहिर निकालेका थिए । जसमा उनको करिब ६ लाख भन्दा बढि खर्च भएको थियो । तर, यसले उनको प्रजनन प्रणालिमा कुनै असर परेको छैन । उनले निर्णय गरे उनी गर्वधारण गर्नका लागि सहज छन् । त्यसपछि बेनेटले गर्वधारण गरेका हुन् ।
बेनेटले सिजेरियन सेक्सन मार्फत छोरालाई जन्म दिएका हुन् । बेनेटले छोराको नाम हटसन राखेका थिए । हटसन झन्डै डेढ वर्षका भईसकेका छन् ।
बेनेट आफ्नो स्तनलाई लिएर धेरै दुखित समेत भएकाथिए । त्यसैले स्तन हटाउने निणर्य गरेका थिए । उनलाई आफ्नो शरिरको अंग गुमाउँदा समेत केही नराम्रो नलागेको बताएका छन् ।
सो शल्यक्रियाबाट धेरै राहत मिलेको बेनेट बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्