१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


‘स्रोतको पहिचानविना विकास योजना कार्यान्वयन गर्दा राम्रो परिणाम नदिने’


0
Shares

धनगढी, फागुन १८ । धनगढी उपमहानगरपालिकाको आयोजनामा आइतबार धनगढीमा विकास सम्मेलन शुरु भएको छ ।

सम्मेलनको राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले उद्घाटन गर्दै राष्ट्रको विकासका लागि योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने बताए ।

उनले अहिले स्रोतको पहिचानविनै विकास योजना कार्यान्वयन गरिरहेको हुदा राम्रो परिणाम नदिएको बताउए । उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्रले धनगढीको विकासका लागि दिशानिर्देश गर्न सम्मेलन गरिएको बताए ।

उनले नगरको विकासका लागि ज्ञान र स्रोत बढाउन विकासको साझेदारको दायरा फराकिलो बनाइनेलगायत विषयवस्तु समावेश गरिनेजस्ता विषयवस्तु सम्मेलनमा प्रस्तुत गरिन लागेको बताए ।