२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


डडेल्धुरामा टिप्पर दुर्घटना, एक जनाको मृत्यु


130
Shares

डडेल्धुरा । जिल्ला सदरमुकाममा टिप्पर दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।

शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भीरबाट खस्दा टिप्परमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

केस निमार्ण कम्पनीको सुप ००१ क १८७९ नम्बरको टिप्परमा २ जना सवार रहेको र टिप्पर ब्याक गर्दा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ भने घाइतेलाई पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।