१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


पाटनमा युवा स्वरोजगारका लागि व्यापारिक मेला


0
Shares

लतिलपुर, फागुन १८ । युवा उद्यमशीलता प्रर्वद्धन गर्न पाटन दरबार क्षेत्रमा “लोकल मेड इन नेपाल” मेलाको आयोजना गरिएको छ ।

मेलामा युवावर्गले उत्पादन गरेका लत्ता कपडा, श्रृंगार सामग्री, सजावट लगायत सामग्रीहरुको ३० वटा स्टल राखिएको थियो ।

ललितपुर महानगरपालिका वडा १६, मिखा कन्सलटिब प्रा. लि र यल वयेर्सले संयुक्त रुपमा सो मेला आयोजना गरेको हो ।

वैदेशिक रोजगारीमा आकर्षित हुने युवाहरुको संख्या बढेको अवस्थामा सो प्रवृति रोक्न र स्वदेशमै युवा उद्यमशीलता विकास गर्न वडा यो आयोजनामा सहभागी भएको वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताए ।

अर्का आयोजक यल वयेर्सका प्रोपराईटर सिद्धार्थ शाक्यले युवाहरु संलग्न रहेको व्यापार, उत्पादनलाई प्रर्वद्धन गर्ने मेलाको लक्ष्य रहेको बताए । मेलामा करिब दुई सय युवाहरु क्रियाशील रहेका थिए ।