
काठमाडौं, फागुन १८ । सरकारले भ्रमण वर्ष २०२० र सगरमाथा संवादको कार्यक्रम स्थगन गरेको छ ।
कोरोना भाइरसको प्रकोपका कारण तत्काललाई सरकारले भ्रमण वर्ष २०२० र सगरमाथा संवाद दुबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेको एक मन्त्रीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
परराष्ट्र मन्त्रालयले चैत २० देखि २२ सम्म काठमाडौंमा आयोजना गर्न लागेको संवादमा करिब १ सय ५० विदेशीसहित २ सय ५० प्रतिनिधि सहभागी हुने बताइएको थियो ।
प्रतिक्रिया दिनुहोस्