१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


थप ब्याख्यासहित एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादीको निर्णय


377
Shares

काठमाडौं । माओवादी केन्द्रले एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान प्रचण्ड निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको बैठकले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको माओवादीका नेता हरिबोल गजुरेलले ईमेजखबरसँग बताउनुभएकाे हो । एमसीसी सम्झौता देशहीत विपरित नरहेको ब्याख्यात्मक टिप्पणी पनि सँगसँगै पारित गर्नुपर्ने निर्णय पनि माओवादीले गरेको छ ।

विवादित भनिएका विषयमा ११ बुँदे ब्याख्यात्मक टिप्पणी तयार पारेकाे छ ।तर निर्णयप्रति चार जना नेताले भने असहमति जनाएका छन् ।

नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देव गुरुङ र गिरिराजमणि पोखरेलले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णयमा असहमति जनाएका हुन् । नेकपा एकीकृत समाजवादीले पनि एमसीसी पारित गर्ने निर्णय गर्न बैठक डाकेको छ ।

माओवादीका नेता हरिबोल गजुरेलले बैठकमा अध्यक्ष दाहालाई नेताहरुले एमसीसीका बारेमा थप सुझावहहरु दिएका बताउनुभयो । माओवादीका नेताहरुले दिएका सुझावहरुलाई अध्यक्ष दाहालले प्रधानमनत्री शेरबहादुर देउवालगायत गठबनधनका नेताहरुसँग छलफ गर्नुहुनेछ ।