
काठमाडौं । प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफल नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसी सम्झौतालाई नेपालको सार्वभौम अधिकार खण्डित नहुनेगरी तथा नेपालको संविधान, कानून र कुनैपनि निकाय खण्डित नहुने गरी विशुद्ध आर्थिक परियोजनाको रुपमा मात्रै अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले यो विषय राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषय भएकाले सदनमा आपसी सहमती गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
छलफलमा भाग लिन चाहाने सांसदहरुको लागि ५ मिनेटको समय छुट्याइएको छ । सांसदहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्