
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
श्रेष्ठले पदमा रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाभिक रुपमा ४ करोड ४५ लाख बिगो मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पूर्व सचिव समेत रहेका श्रेष्ठले उच्च प्रशासक, संस्कृति पर्यटन तथा नागरिक उड््डयन मन्त्री, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्री हुँदा सार्वजनिक पदको दुरुपयोग गरि गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आयोगले दावी गरेको छ ।
आयोगले श्रेष्ठको गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति तथा सो सम्पत्तिबाट बढे बढाएको चल अचल सम्पत्ति तर्फ घरजग्गा एवं बैंक मौज्दात, ६८ लाख ५० हजार रकम तथा आरोपीतको नाममा रहेको घर जग्गा जमिन रोक्नका लागि समेत विशेष अदालतलाई पत्राचार गरेको छ ।
रामकुमार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठ नाममा रहेको घर समेतको स्रोत पुगेको सम्पत्तिबाट असुल गर्न र छोरा सरोज श्रेष्ठको नाममा रहेको स्रोत नखुलेको रकमको खाता रोक्न समेत आयोगले अदालतलाई पत्राचार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्