६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


एमसीसी माथिको छलफल सकियो


1.677k
Shares

काठमाडौं । प्रतिनिधि सभामा अमेरिकी सहयोग संझौता, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) माथिको सामान्य छलफल सकिएको छ ।
छलफलमा विभिन्न राजनीतिक दलका सांसदहरुले भाग लिएका थिए ।छलफलमा सांसदहरुले एमसीसीबारे उठाएका प्रश्नहरुको अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिनुभएको थियो । छलफल सकिए लगत्तै सभामुख अग्नि प्रसाद सापकोटाले एमसीसीमाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो ।

सो प्रस्ताव ध्वनी मतका आधारमा पारित भएको थियो । प्रस्ताव पारित भएसंगै प्रतिनिधि सभाको अर्काे बैठक आजै साँझ साँढे ६ बजे बस्नेगरी स्थगित भएको छ । सो बैठकले एमसीसी अनुमोदन गर्नेछ ।