
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले एमसीसी सम्झौतालाई आर्थिक सहायताको रुपमा मात्रै स्वीकार गर्न सक्ने बताउनुभएको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बस्नेतले एमसीसी सम्झौताको सम्बन्धमा विभिन्न आशंकाहरु उब्जिरहेको भन्दै यसलाई आर्थिक सहायताको रुपमा मात्रै स्वीकार गर्न सकिने बताउनुभएको हो ।
नेपाल असंलग्न परराष्ट्र नीतिमा रहेको भन्दै उहाँले कुनैपनि प्रकारको राजनीतिक र सैन्य दायित्व सिर्जना हुनेखालका विषयवस्तुलाई स्वीकार गर्न नसक्ने स्पष्ट पार्नुभयो ।
एमसीसी सम्झौताको सम्बन्धमा समाजको तल्लो तहसम्म ध्रुविकृत हुने अवस्था आइसकेको भन्दै उहाँले सरकारले यसलाई तथ्यपूर्ण रुपले अध्ययन गरेर अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले एमसीसीको सम्बन्धमा राष्ट्रलाई एकतावद्ध बनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्