
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
आज सोमबार बिहान पहाडी भू-भागमा आंशिक बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली लगायत अन्य भू-भागमा मौसम सामान्यतया सफा हुनेछ । त्यस्तै ,प्रदेश- १,गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।सोमबार राती भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।
अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्