१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


देवीनाच आगमघरको शीलान्यास


0
Shares

काठमाडौं, फागुन १९ । इन्दजात्रामा निकालिने देवीनाच (दी प्याखँ) को आगमघरको शीलान्यास गरिएको छ ।

काठमाडौंको किलागलमा निर्माण हुने आगमघरको सोमबार शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य र उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

परम्परागत स्वरुप र शैलीमा निर्माण गरिन लागेको यस आगमघरको लागत सात करोड रुपैंया पर्ने अनुमान गरिएको छ । आगमघर निर्माणका लागि काठमाडौं महानगरपालिकाले १ करोड रुपैंया सहयोग गरेको छ ।

काठमाडौंका विभिन्न नाचमध्ये देवीनाच पनि एक महत्वपूर्ण ऐतिहासिक नाच हो । जसमा सात जना देवीदेवताहरु सुगन्धमय फूलहरुले सजिएको मुकुट लगाएर विभिन्न ताल, राग, गीत तथा बाजागाजाको साथमा सामूहिक तथा एकल रुपमा निर्धारित डबलीहरुमा प्रदर्शन गरिन्छ ।