११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


१८० जना कोरोना संक्रमित थपिए


0
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३ सय ४१ जनामा कोरोना परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९३६ पुगेको छ ।

नेपालमा हाल ८२३५ जना सक्रिय संक्रमित रहेका छन् ।