
काठमाडौं । निपोन फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण संघले पर्वतारोहीहरुलाई राहत सामग्री उपलब्ध गराएको छ ।
फाउण्डेसनले ३ हजार १ सय २५ जना पर्वतारोहीलाई राहत सामग्री उपलब्ध गराएको हो ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले कोरोना महामारीको मारमा परेका पर्वतारोहीहरुका लागि मित्रतास्वरुप उपहार भएको पनि बताउनुभयो । अध्यक्ष लामाले ढिलो गरेर सुरु भएपनि पर्यटन मजदुरको लागि भइरहेको सहयोग धेरै राम्रो भएको बताउनुभयो ।
त्यस्तै एकीकृत पर्यटन श्रमिक संगठन नेपालको केन्द्रिय महासचिव टीकाराम नेपालीले पर्वतारोहीलाई गरिएको राहतले खुशी थपेको बताउनुभयो । उहाँले ढिलो गरेर शुरु गरेको भएपनि यसले समस्यामा परेका पर्वतारहीरुलाई केही राहत दिने बताउनुभयो ।
महासचिव नेपालीले राहत सामग्री दिनुभन्दा रकम दिएको भए झनै समस्यामा परेका पर्वतारोहीले आवश्यक ठाउँमा त्यसको सदुपयोग गर्नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्