
पोखरा । एमसीसी पास गरेको भोलिपल्ट गण्डकी प्रदेश सरकारको सत्ता गठबन्धन दवाबमा छ ।
राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेपछि गण्डकी सरकार दवावमा परेको हो ।
यसको असर संघीय सरकारमा प्रत्यक्ष नपरे पनि तर पाचँ दलीय गठबन्धनको सरकार रहेको गण्डकीमा भने जनमोर्चाको निर्णयले सरकार अप्ठ्यारोमा पर्नसक्छ । जनमोर्चाले प्रदेश सरकरालाई दिएको समर्थन फिर्ता लिनेबारे अहिले बोलिसकेको छैन तर गठबन्धनबाट अलग हुने जनमोर्चाको निर्णयले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार भने धरापमा पर्ने देखिएको छ ।
बहुमतका लागि ३० सांसद आवश्यक पर्छ, गठबन्धनसंग जनमोर्चा वाहेक पनि ३० सांसद पुग्छन् । गण्डकीको संसद ५९ सदस्यीय छ । जसमध्ये एमालेका २७ सांसद छन् । गठबन्धनमा ३२ सांसद छन् । जनमोर्चाका २, जनता समाजवादी पार्टीका २, नेपाली काग्रेस १५ र माओवादी केन्द्रका १२ सांसद छन् ।
स्वतन्त्र सांसद राजिव गुरुङ दिपक मनाङेको भरमा गठबन्धनको भविष्य जोडिएको छ । उनले समर्थन नगरेमा गठबन्धन अल्पमतमा पर्न सक्छ । प्रतिपक्ष दल नेकपा एमालेलाई भने सरकार बनाउन सजिलो र्छैन । २७ सांसद रहेको एमालेले जनमोर्चा र स्वतन्त्र सांसदको पनि समर्थन प्राप्त गर्नपर्छ ।
प्रतिक्रिया दिनुहोस्