
कैलाली । नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।
जिल्ला अधिवेशन अन्तर्गत सोमबार भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।
पहिलो चरणको मतगणना अनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका छन । उनले १ हजार १ सय ६९ मत पाएका छन् । सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले १ हजार ७२ र रामबहादुर कलेलले १ सय ९७ मत पाएका छन् ।
अब पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि प्रतिस्पर्धा हुनेछ । आज साढे २ बजेदेखि मतगणना सुरु भएको थियो ।
अहिले सभापतिको मात्रै मतगणना भएको हो । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान गरिने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्