१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमसीसी पारित भएकोमा महासंघद्धारा स्वागत


260
Shares

काठमाडौं । संसदबाट एमसीसी पारित भएकोमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकबाट नेपाल सरकार अर्थमन्त्रालय र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको सम्झौता अनुमोदन भएकोमा महासंघले स्वागत गरेको हो ।

सम्झौता अनुमोदन पश्चात अब यो परियोजना पूर्णरुपमा कार्यान्वयनको चरणमा जाने र नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने पनि महासंघले विश्वास ब्यक्त गरेको छ ।

एमसीसी अन्तर्गतका आयोजना सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमुना बन्न सक्ने उसको ठहर छ । अब सम्झौता कार्यान्वयनका लागि मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) ले तदारुकताका साथ काम गर्नुपर्ने र यसका लागि सरोकारवाला सबैले खबरदारी गर्न आवश्यक रहेकोमा पनि उसले जोड दिएको छ ।

सम्झौता अनुमोदनबाट समग्रमा नेपालमा लगानीको वातावरण रहेको संदेश विश्व समुदायसम्म पुुग्ने र यसबाट अन्य वैदेशिक लगानी एवं सहायता समेत भित्रिने विश्वास महासंघको छ ।