
फाइल तस्बिर
काठमाडौं । रासायनिक मल ल्याउन भारतसँग सम्झौता गरिएको छ ।
सोमबार भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
भारत सरकारका तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबीच भर्चुअल माध्यबाट समझदारीपत्र आदान प्रदान भएको हो ।
सम्झौता ५ वर्षका लागि भएको हो । साथै, यसै आर्थिक वर्ष १ लाख ५० हजार टन मल ल्याइने जनाइएको छ । दुई पक्षबीच भएको यस समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्या केही हदसम्म समाधान हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्