
कैलाली । कैलालीको धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलमार्फत जनाइएको छ ।
प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो र चौथो स्थान प्राप्त गर्ने टिमले क्रमशः एक लाख, ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई मेडलसहित नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्