१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खेलाडीलाई पोशाक वितरण


117
Shares

चितवन । चितवनको भरतपुर महानगरपालिका खेलकुद विकास समितिले खेलाडीहरुलाई पोशाक वितरण गरेको छ ।

महानगरभित्रका खेलाडीहरुको पोशाकमा एकरुपता ल्याउन र खेलमा थप उत्साह बढाउन ट्रयाकसुटको सेट सहयोग गरिएको संयोजक विकास श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार महानगरका विभिन्न खेलकुद प्रतियोगिताबाट छनौट भइ जिल्लामा प्रतिस्पर्धा गर्न तयार १ सय ६३ खेलाडी र १६ जना कोचलाई पोशाक वितरण गरिएको हो ।

तेक्वान्दो, कराँते, भलिवल, क्रिक्रेट, महिला फुवटल लगायत विभिन्न ८ वटा विधामा प्रतिष्पर्धा गरेर उनीहरु जिल्लामा आउन सफल भएका हुन् ।

जिल्लामा उत्कृष्ट भए प्रदेशमा खेल्न पाउने श्रेष्ठको भनाइ छ । पोशाक हस्तान्तरण गर्दै महानगर प्रमुख रेनु दाहालले थोरै सहयोग भएपनि खेलमा हौसला बढाउने बताउँदै महानगरले खेलक्षेत्रको विकासका लागि विशेष योजना बनाएर काम गर्ने बताउनुभयो ।