
कैलाली, फागुन १९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले खटाएको ठाउँमा नजाने डाक्टरहरुलाई कारबाही गर्ने बताएका छन् ।
कैलालीको धनगढीमा सेती प्रादेशिक अस्पतालको निरीक्षण गर्दै मन्त्री ढकालले सुगममा बसेर मात्र सेवा दिन रुचाउने डाक्टरलाई कारबाही गरिने बताए ।
कागजमा दुर्गममा डाक्टर रहेको भन्ने देखिए पनि विभिन्न बाहनामा सुगम वा विदेशमा अधिकाँश डाक्टर रहेको बताउँदै उनले काममा रहेका डाक्टरलाई सोही ठाउँमा दरबन्दी राख्ने र सेवामा नरहेकालाई बिदा गर्ने बताए ।
अस्पतालको विकासका लागि सहयोग गर्न आफु र आफनो मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्