
इलाम, फागुन १९ । लिग विजेता मछिन्द्र क्लब इलाममा जारी माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इलामको टुँडिखेलमा सोमबार सम्पन्न खेलमा गोर्खा ब्वाईज फुटवल क्लब रुपन्देहीलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै मच्छिन्दले सेमीफाइनलको यात्रा पक्का गरेको हो ।
निर्धारित समय र थप गरिएको २० मिनेटमा समेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमा लगिएको थियो ।
मंगलबारको खेल आयोजक माईभ्याली फुटबल क्लब र मोहम्माडन स्र्पोटिङ क्लब कोलकोक्ता बिच हुने छ । प्रतियोगिताको बिजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन ।
प्रतिक्रिया दिनुहोस्