
काठमाडौं । जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएको छ ।
रेल अध्यादेश २०७८ संसदमा पेश नै नभएका कारण स्वतः निस्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय गर्न कानूनी अड्चन खडा भएको हो ।
गत फागुन १ गतेदेखि जयनगर–जनकपुरसम्म ड्राई रन अर्थात यात्रुबिहीन रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ ।
यसै महिनाको दोस्रो साताभित्र प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट रेल संचालन गर्ने तयारी गरिएको थियो ।
कानूनी व्यवस्था भएमा उद्घाटनको मिति तय गरिने नेपाल रेलवे कम्पनीले जनाएको छ । रेल सेवा सञ्चालन गर्न प्राविधिक हिसाबले सबै थोक ठीक रहेको बताईएको छ । कानून अभावमा रेल सञ्चालन गरिएको खण्डमा दुर्घटना भएमा समस्या आउन सक्ने रेलवे कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्