८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


दाङका कृषकलाई १० करोड राहत


78
Shares

काठमाडौं । दाङ जिल्लामा बेमौसमी वर्षाका कारण धान बालीमा क्षति ब्यहोरेका किसानको राहतका लागि १० करोड बजेट गएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङको नाममा सो बजेट आएको हो । क्षति भएको लामो समयपछि संघीय सरकारले सो रकम पठाएको हो । गत आखिरी र कात्तिको पहिलो साता भएको बेमौसमी वर्षाले दाङमा करिब ७० करोड रुपैँया बराबरको धान बालीमा क्षति पुगेकोथियो ।

जिल्लामा ८ हजार ९ सय हेक्टरमा लगाईएको धानबालीमा करिब २८ हजार मेट्रिक टन धानमा नोक्सान भएकोथियो । जसमध्ये करिब ५ सय हेक्टर खेतमा काटेर सुकाएको धान भेलले बगाएको थियो भने ८ हजार पाँच सय हेक्टरमा लगाईएको धान बर्षाले ढालेर नोक्सान गरेकोथियो ।

जिल्लामा ३९ हजार हेक्टरमा धान खेती गरिएकोथियो ।