२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सोलुखुम्बुमा १८ हजार मतदाता बढे


52
Shares

सोलुखुम्बु । जिल्लामा १८ हजार मतदाता बढेका छन् ।

२०७४ सालको निर्वाचनमा ६१ हजार ८४५ मतदाता रहेकोमा १८ हजार ३८६ मतदाता थपिएसँगै जिल्लामा कुल मतदाता ८० हजार २३१ पुगेको छ । यो संख्या दाबी विरोधका लागि निर्वाचन आयोगमा पेश गरिएको छ ।

जिल्लामा १३६ मतदान केन्द्र छन् भने १२२ मतदान स्थल निर्धारण गरिएको छ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक दाबी विरोध कार्यक्रम अन्तर्गत सरोकारवालासँग अन्तरक्रिया समेत गरेको छ ।

नामावलीमा दोहोरो नाम परेका मतदाताको विवरण एवम् त्रुटीहरू हटाउने, निर्वाचन घोषणा भएको मितिसम्म सङ्कलित मतदाता नामावलीलाई वैधानिकता प्रदान गर्ने लगायतका विषयमा अन्तरक्रिया केन्द्रित थियो ।

आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवालाको भूमिका समान हुने प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताउनुभयो ।