
काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेका ऐतिहासिक महत्वका खुला र सार्वजनिक स्थान बचाउन अभियन्ताहरुले माग गरेका छन् ।
काठमाडौंको ज्याठामा मंगलबार सदियौंदेखि शिवरात्रि मनाइँदै आएको ठाउँमा पर्व मनाउँदै उनीहरुले स्थानीय निकायलाई सचेत गराएका हुन् ।
२७ नम्बर वडा कार्यालयको नयाँ भवन बनाउन लागेको स्थान ऐतिहासिक महत्वका खुला र सार्वजनिक ठाउँ हो । जहाँ शिवरात्रि पर्व मनाउने, उपाकु पर्वमा मानिसहरु आराम गर्ने स्थानमा रुपमा प्रयोग गर्ने गर्दथे ।
छुस्या बहालको भाग रहेको सो स्थानमा बय्लाछी सत्तल समेत रहेको थियो । ज्याठा क्षेत्रमा खुला स्थान नै नभएको अवस्थामा साघुँरो ठाउँमा वडा कार्यालय भवन बन्दा पार्किङको ठूलो समस्या हुने भएकोले यो स्थान बचाउन स्थानीयको सबैलाई आग्रह समेत गरेका छन् ।
गत माग २३ गते स्थानीयलाई जानकारी नै नगराई सत्तल र सार्वजनिक खुला जग्गा मासेर २७ वडा कार्यालयको व्यापारीक भवन बनाउन मेयर र उपमेयरले शिलान्यास गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्