
एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल महासंघ (यूईएफ) ले रुसी राष्ट्रिय टिम र क्लबलाई अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्ध लगाएका छन ।
युक्रेनामाथि रुसी आक्रमणको विरोधमा विश्व फुटबलका यी दुई ठूला संस्थाले अनिश्चित समयका लागि रुसमाथि प्रतिबन्धको निर्णय गरेका हुन ।
यो निर्णयपछि यही वर्ष कतारमा हुने विश्वकप र महिलाको युरो २०२० मा रुसले खेल्ने पाउने छैन ।
युईएफले प्रेस विज्ञप्ति निकाल्दै भनेको फिफा र युईएफले आफू अन्तर्गत हुने सबै खाले प्रतियोगिताबाट रुसको सहभागिता अनिश्चित समयका लागि प्रतिबन्ध लगाएको जनाएको छ ।
दुबै संस्थाले युक्रेनमाथि रुसी हमला विश्व खेलकुदको भावनाविरुद्ध रहेको पनि बताएको छ । अब युरोपा लिग अन्तिम १६ मा आरबी लाइपजिगले स्पार्टक मस्कोबाट वाकओभर पाएको मानिनेछ । यस्तै, युईएफले रुसी इनर्जी कम्पनी गाजप्रोमसँगको व्यापारिक प्रायोजन पनि रद्द गरेको घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्