२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नवलपुरमा बस दुर्घटना १४ जना घाईते


312
Shares

नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१४ मा आज बिहान भएको बस दुर्घटनमा परेर १४ जना घाईते भएका छन् ।

घाईतेमध्ये ७ जनालाई भरतपुर पठाईएको छ भने ७ जनाको दुम्कौली अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्ष दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

नारायणगढ देखि बुटवलका लागि छुटेको ना ७ ख ६८८१ न. बस आफै अनियन्त्रित भएर दुर्घटनामा परेको गिरीले बताउनुभयो ।