४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


क्यान्सर रोगबाट पीडित महिलालाई गण्डकी सरकारले ५० हजार उपचार खर्च दिने


195
Shares

चितवन । गण्डकी प्रदेश सरकारले क्यान्सर रोगबाट पीडित महिलाहरुलाई उपचार खर्च बापत ५० हजार दिने भएको छ ।

उक्त सेवा उपलब्ध गराउन बुधबार स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबीच सम्झौता भएका हो ।

गण्डकी प्रदेशमा स्थाइ ठेगाना भएका महिलाहरुको प्रजनन अंगमा हुने क्यान्सर उपचारमा प्रति बिरामी ५० हजार थप रकम अस्पताललाई उपलब्ध गराउने गरि सम्झौता भएको हो ।

सम्झौता पत्रमा क्यान्सर असपतालका निर्देशक डा. देजकुमार गौतम र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश सचिब डा. श्रीराम तिवारीले हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा अस्पतालका उपनिर्देशक डा. कृण्णसागर शर्मा, स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईको उपस्थिति रहेको थियो ।