१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एसएस फाउण्डेशनद्वारा दोलखाका ८ विद्यालयका विद्यार्थीलाई झोला वितरण


39
Shares

काठमाडौं । एसएस फाउण्डेशनले दोलखा जिल्लाका ८ वटा विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फाउण्डेशनले २१ सय झोला विभिन्न सामुदायिक विद्यालयहरुलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ पशुपति समशेर जबराले एसएस फाउण्डेशन सहयोग अब निरन्तर पिछडिएका जिल्लाहरुमा रहने बताउनुभयो । उहाँले यसरी सामाजिक कार्य गर्नाले विद्यार्धीहरुको मनोबल उच्च हुने र विद्यार्थीहरुको भविष्य सुरक्षित हुने बताउनुभयो ।

फाउण्डेशनले दोलखा जिल्लाका विभिन्न ८ वटा सरकारी तथा सार्वजनिक विद्यालयहरुलाई २१ सय झोला हस्तान्तरण गरेको छ । फाउण्डेशनले यो सहयोगको अभियान विभिन्न विकट जिल्लाका विद्यालयमा सञ्चालन गरिरहने पनि जनाएको छ ।