
फाइल तस्बिर
काठमाडौं । पोखरामा बर्डफ्लुको संक्रमण फेला परेको छ ।
पोखराका दुईवटा ठाउँमा एकैपटक बर्डफ्लु देखिएको हो ।
वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
रोगको संक्रमण फेला परेसँगै संक्रमित क्षेत्रमा सतर्कता उच्च बनाइएको छ । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिको बैठक बसेर त्यस क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ भने पंक्षीजन्य कारोबारमा बन्देज लगाइएको छ ।
केही क्षेत्रमा पन्छीजन्य र दानालगाएत नष्ट गरीएको छ । बर्डफ्लु देखिएपछि उपभोक्ता र किसानलाई सचेतनाका सामग्री प्रकाशन प्रशारण गरिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले जनाएको छ ।
अधिकतम प्राविधिकहरू खटाएर जोखिम क्षेत्रलाई निगरानीमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्