२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेशनल प्याब्सनको अध्यक्षका लागि सुवास न्यौपानेको उम्मेदवारी


1.079k
Shares

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को अध्यक्ष पदमा सुवास न्यौपानेले उम्मेदवारीको घोषणा गर्नुभएको छ ।

२०५४ सालदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आउनुभएका न्यौपानले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गर्नुभएको हो । उहाँले निजी विद्यालयको हक, हित र संवद्र्धन गर्न, कम्पनी अन्तर्गतको निजी स्वामित्वको संरक्षण गर्न, २१ औँ शताब्दीको समयसापेक्ष र सीपमुलक तथा जीवनोपयोगि शिक्षालाई प्राथमिकताका साथ अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

त्यस्तै, उहाँले निजी र सामुदायिक विद्यालयबीचको विभेदकारी नीतिको अन्त्य गर्न, निजी विद्यालयमा देखिएका समस्या समाधान गर्न, विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने सक्षम जनशक्ति तयार गर्न आफू लागि पर्नै बताउनुभयो ।

नेशनल प्याब्सनको राष्ट्रिय महाधिवेशन आगामी फागुन २२ र २३ गते बाँकेको नेपालगञ्जमा हुँदैछ ।