१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दक्षिणासहित बिदाई भए डोलेश्वरबाट साधुसन्त


143
Shares

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको अवसरमा आएका साधुसन्तलाई बुधवार बिदाई गरिएको छ ।

महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाई गरिएको हो ।

डोलेश्वर दर्शन गर्न आएका २२४ साधुसन्तहरु बिदाई कार्यक्रममा सहभागी भएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बालहरि चालिसेले जानकारी दिनुभयो ।

डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको अध्यक्ष चालिसेले बताउनुभयो । क वर्गका साधुसन्तलाई नगद १ हजार १ सय दक्षिणा, ख वर्गलाई नगद ७ सय रुपैयाँ र ग वर्गलाई नगद ५ सय ५ रुपैयाँ तथा प्रत्येकलाई एक थान कम्बल, १ थान धोती प्रदान गरिएको थियो ।

डोलेश्वरमा महाशिवरात्री पर्वका लागि गत एक हप्ता अघिदेखि साधुसन्तहरु आएका थिए । मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपान लगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरेको थियो ।